कञ्चनपुरको बेदकोट नगरपालिकाले आयोजना गरेको निःशुल्क आँखा परीक्षण शिविरबाट तीन हजार ४७ जनाले लाभ लिएका छन । बेदकोट नगरपालिकाका १० वटै वडामा आयोजना गरिएको निशुल्क आँखा परिक्षण शिविरमा तीन हजार ४७ जनाको निःशुल्क आँखा परीक्षण गरिएकोमा ४ सय ०६ जनामा मोतीविन्दु रोग पत्ता लागेको नगरपालिकाका सूचना अधिकारी केशवदत्त भट्टले बताएका छन ।
मोतीविन्दु रोग देखिएका बिरामीहरूको च्यारेटी फाउडेन्सनको आर्थिक सहयोगमा धनगढी नेत्रालयमा मोतीविन्दुको निःशुक्ल उपचारको व्यवस्था मिलाइएको बेदकोट नगरापालिकाका नगर प्रमुख भोजराज बोहराले बताए । नगरप्रमुख बोहराले पालिकाबासीको स्वास्थ्य संवेदनशीलतालाई मध्यनगर गर्दे निःशुल्क आँखा परिक्षण सिविर सञ्चालन गरिएको बताए । स्वास्थ्य शिविरबाट स्थानीयसहित जनप्रतिनिधिहरूले लाभ लिएका छन ।
वडा १ मा २ सय ९८ जनाको आँखा परीक्षण गरिएकोमा ७७ जनालाई चस्मा वितरण गरिएको छ भने २५ जनामा मोतीविन्दु रोग पत्ता लागेको स्वास्थ्य शाखा संयोजक हरिसा पालले बताए । यसैगरी, वडा २ स्थित जडेपानी स्वास्थ्य केन्द्रमा ३८१ जनाको परीक्षण गरिएकोमा ८८ जनालाई चस्मा वितरण गरिएको छ, भने ५५ जनामा मोतीविन्दु देखिएको छ ।
वडा ३ को दैजी स्वास्थ्य चौकीमा आयोजित आँखा शिविरबाट ३ सय ३६ जनाले लाभ लिएका थिइ । जसमध्ये ८३ जनालाई चस्मा वितरण गरिएको छ भने, ६५ जनामा मोतीविन्दु देखिएपछि धनगढी रेफर गरिएको छ । वडा ४ का २ सय ८१ जनाको आँखा परीक्षण गरिएकोमा ८६ जनालाई चस्मा वितरण गरिएको छ भने २५ जनामा मोतीविन्दु देखिएको स्वास्थ्य शाखा प्रमुख पालले बताए । यसैगरी, वडा ५ मा २ सय ६१ जनाको आँखा परीक्षण गरिएको थियो । उक्त वडामा ६९ जनालाई चस्मा वितरण गरिएको छ भने ४२ जनामा मोती मोतीविन्दु रोग पत्ता लागेको छ ।
वडा ६ का २ सय ४३ जनाको आँखा परीक्षण गरिएकोमा ३१ मोतीविन्दु रोग पत्ता लागेपछि निःशुल्क शल्यक्रियाका लागि धनगढी रेफर गरिएको छ भने १०२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ । वडा ६ स्थित घोर्सुवा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क आँखा परीक्षण गरिएको स्वास्थ्य शाखाका सहायक संयोजक सिद्दराज भट्टले बताए ।
वडा ७ मा ३ सय २६ जनाको आँखा परीक्षण गरिएकोमा ८१ जनालाई चस्मा वितरण गरिएको छ भने ३३ जनामा मोतीविन्दु रोग पत्ता लागेको बताए । वडा ८ का २ सय ४९ जनाको आँखा परीक्षण गरिएकोमा ३३ जनामा मोतीविन्दु रोग पत्ता लागेको छ भने ८८ जनालाई निःशुल्क चस्मा वितरण स्वास्थ्य शाखाका सहायक संयोजक भट्टले बताए ।
यसैगरी, वडा ९ का ३ सय ०५ जनाले आँखा शिविरबाट लाभ लिए । जहाँ ८९ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने, ४१ जनामा मोतीविन्दु रोग पत्ता लागेपछि शल्यक्रियाका लागि धनगढी रेफर गरिएको छ । वडा १० मा ३ सय ७६ जना सेवाग्राहीले लाभ लिनुभएको छ । उक्त वडाका ५९ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने ५६ जनामा मोतीविन्दु रोग पत्ता लागेको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शिविरबाट १० वटै वडाका ८ सय २२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको जनाइएको छ । बेदेकोट नगरपालिकाको आयोजना तथा धनगढी नेत्रालय अस्पताल कैलालीको प्राविधिक सहयोगमा पुस २५ गतेदेखि माघ ७ गते सम्म निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो ।


