Banijya News

ट्रम्पको ट्यारिफ वृद्धिले दक्षिण कोरियाली अटो कम्पनीका सेयरको मुल्यमा गिरावट

1
1.1K Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने कार, औषधि र काठजन्य सामग्रीमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेसँगै दक्षिण कोरियाली अटो कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ । यो खबर सार्वजनिक भए लगत्तै हुन्डाई मोटरको सेयरमूल्य ४.७७ प्रतिशतले घटेको थियो । तर पछि केही सुधार हुँदै अन्त्यमा ०.८१ प्रतिशतले घट्यो।

हुन्डाईको सहायक कम्पनी कियाको सेयरमूल्य पनि लगभग ३.५ प्रतिशतले घटेको छ । यस्तै हुन्डाई मोबिसको सेयरमूल्य समेत ५ प्रतिशतले घटेको छ । ट्रम्पले ट्रुथ सोसलमा दक्षिण कोरियाको संसदले अमेरिकी–कोरियाको सम्झौताअनुसार काम नगरेको आरोप लगाएका छन । यसर्थ दक्षिण कोरियाबाट आयात हुने वस्तुमाथिको ट्यारिफ १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याइएको ट्रम्पले बताएका छन् । तर, दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले भने अमेरिकी सरकारबाट औपचारिक सूचना प्राप्त नभएको जनाएको छ। सम्बन्धित मन्त्रालयहरूसँग परामर्श गरी यसको समाधान खोज्ने तयारी भईरहेको दक्षिण कोरियाली मिडियाले बताएका छन् ।

अमेरिकाले २०२४ मा दक्षिण कोरियाबाट एक सय ३१.६ अर्ब डलर बराबरको सामान आयात गरेको थियो। जुलाई २०२५ मा भएको सम्झौतामा ट्रम्पले अमेरिकाले १५ प्रतिशत शुल्क मात्र लगाउने र दक्षिण कोरियाले तिन सय ५० अर्ब डलर बराबरको लगानी अमेरिकी कम्पनीका लागि सुनिश्चित गर्ने सहमति गरेको बताएका थिए।

1

Scroll to Top