Banijya News

चुनाव बहिष्कार गर्ने नेताहरुलाई धमाधम पक्राउ गर्दै प्रहरी

1
1.1K Shares

जिल्ला प्रहरी कार्यालय सुर्खेतले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने विभिन्न राजनीतिक दलका नेताहरूलाई नियन्त्रणमा लिएको छ । चुनाव बहिष्कार गरेका राजनीति दलका नेताहरूले निर्वाचन विरोधी गतिविधि गर्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

सूचना अधिकारी थापाका अनुसार चुनाव विरोधी गतिविधि गर्न सक्ने आशंकामा आठजनालाई गएराति सुर्खेतबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकामध्ये वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला सचिव कैलाली धनगढी उपमहानगरपालिका–१२ का ३८ वर्षीय श्याम कुँवर, नेकपा बहुमतका जिल्ला सचिव वीरेन्द्रनगर–११ का ४५ वर्षीय राजु भनिने राजकुमार पौडेल, नेकपा क्रान्तिकारी, सुर्खेत जिल्ला समिति सचिव भेरीगंगा नगरपालिका–१२ का ५४ वर्षीय रन्तबहादुर वली, नेकपा बहुमत, वडा समिति सदस्य भेरीगंगा नगरपालिका–९ का ६६ वर्षीय पूर्ण तिरुवा र रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ का ३८ वर्षीय मानबहादुर मल्ल छन् । मल्ल भने राजनीतिक दलमा रहे/नरहेको नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

(क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज, सीसीएम) सुर्खेत वीरेन्द्रनगर–१ का ६६ वर्षीय नारायण न्यौपाने, (वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला सचिव) कालीकोट नरहरिनाथ गाउँपालिका–७ का ३० वर्षीया धीर दर्जी (डेबिट परियार), (क्रान्तिकारी कम्युनिस्ट पार्टीका ब्यूरो सदस्य, सीसीएम) सान्नी त्रिवेणी गाउँपालिका–६ का ४१ वर्षीय कर्णबहादुर बिसी छन् ।

नियन्त्रणमा लिइएका व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

1

Scroll to Top