Banijya News

निर्वाचनले पर्यटककीय क्षेत्रमा घट्यो चहलपहल

1
1.1K Shares

नेपालको चर्चित पर्यटकीय स्थल मुगुको रारा क्षेत्र हिजोआज सुनसान बनेको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण रारासम्म मानिसहरू नआउँदा रारा सुनसान बनेको हो । समुन्द्र सतहदेखि २९ सय ७२ मिटरको उचाइमा रहेको १०८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको र १६७ मिटर गहिरो रारा सिजन सुरु हुने बेलामा निर्वाचन परेकाले पर्यटकहरुको चहलपहल कम भएको हो ।

निर्वाचनका कारण आन्तरिक तथा वाह्या पर्यटकहरु घुम्न नआउँदा रारा, माझघट्ट, सल्यारी, ताल्चा, लामाचौरमा रहेका होटल र घोडचढी व्यवसायी मारमा परेका छन् । रारा तालको हिजोआजको दृश्य, कञ्चन, सुनसान हिउँ परेको हिमालले चाँदी जस्तै टल्किरहेको देख्न सकिन्छ । हरिया सल्ला, धुपीका बिरुवाले फरक अनुभूति गराउने गर्छ । मंंसिरदेखि फागुन अन्तीमसम्म चिसो हुने वा हिउँ पर्ने सिजन भएकाले लगानी उठाउन हम्मे पर्ने गरेको व्यवसायीहरूको भनाइ छ ।

रारा घुम्न आउने पर्यटकहरूलाई घोडबाट सवारी गराउने, भारी बोक्ने, घोडामा चढेर फोटा खिचाएर पर्यटकहरूलाई मनोरन्जन दिदै आएका घोडा ब्यवसायहरु नआउँदा रारा क्षेत्रमा रहेका दुई सय घोडा कामविहीन भएका छन् । रारामा दैनिक आधा दर्जनभन्दा बढी डुङ्गा चलाएर घर परिवार पाल्दै आएको डुङ्गा चालकहरू पनि पर्यटकहरू नआउदा घर परिवार चलाउन निकै समस्या भएको बताउँछन् ।

वैशाखदेखि मंसिरसम्म रारा घुम्न आउने उपयुक्त सिजन भएको सो समय राम्रो आम्दानी हुनेगर्छ । वितेको ६ महिनामा रारा घुम्न आउने आन्तरिक पर्यटक ९ हजार ६५९, बिदेशी ८८ जना र सार्क राष्ट्रका ३४ पर्यटक गरी जम्मा ९ हजार ७८१ जना पर्यटहरूले रारा घुमेको अभिलेखमा रहेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

1

Scroll to Top