Banijya News

आज २८ दिनका लागि २० अर्ब झिक्दै राष्ट्र बैंक

1
1.1K Shares

नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम झिक्दै आएको छ । सोही क्रममा आज २८ दिनका लागि २० अर्ब रुपैयाँ झिक्न लागेको राष्ट्र बैंकले जनाएको छ । पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले सातामा दुईपटक आइतबार र बुधबार नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको थियो ।

निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहु–बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत आज उल्लेखित रकम झिक्न थालेको हो ।

1

Scroll to Top