Banijya News

रमेश लेखकलाई अदालत उपस्थित गराइयो

1
1.2K Shares

 पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाण्डु जिल्ला अदालतमा उपस्थित गराइएको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका लेखकलाई आज अदालतमा उपस्थित गराइएको हो ।

शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज अदालत उपस्थित गराइएको हो । गत भदौ २३–२४ गते जेनजी प्रदर्शनमा ७६ जनाको मृत्यु भएको थियो । सो घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्‍याउँदै कारबाही सिफारिस गरेको थियो ।

1

Scroll to Top