Banijya News

१०० दिने सुधार कार्यसूचीमा निजी क्षेत्रको स्वागत

1
1.1K Shares

सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीप्रति निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया जनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल ले उक्त कार्यसूचीको स्वागत गर्दै यसले आर्थिक विकासका लागि आधार तयार गर्ने बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले कार्यसूचीले शासन प्रणालीलाई परिणाममुखी, पारदर्शी र उत्तरदायी बनाउँदै निजी क्षेत्रसँग सहकार्यमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी तथा राजस्व वृद्धि गर्न सहयोग पुग्ने उल्लेख गरेका छन्। उनका अनुसार सेवा प्रवाहलाई डिजिटल, सहज र समयबद्ध बनाउने, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धन र उद्यमशीलता विकासजस्ता विषय समेटिनु सकारात्मक पक्ष हुन्।

महासंघले उठाएका धेरै सुझाव कार्यसूचीमा समावेश भएको भन्दै उनले यसको प्रभावकारी कार्यान्वयनबाट आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना र दिगो विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। ढकालले सुधार एजेण्डा सफल बनाउन सरकार र निजी क्षेत्रबीच अझ सशक्त सहकार्य आवश्यक रहेको बताएका छन्।

1

Scroll to Top