Banijya News

गुटबन्दी भए म मौन बस्दिनँ : अध्यक्ष ढकाल

1
1.2K Shares

नेपाल उद्योग वाणिज्यका अध्यक्ष चन्द्रप्रसाद ढकालले भावी अध्यक्ष अञ्जन श्रेष्ठलाई गुटबन्दी भए चुप नलाग्ने चेतावनी दिएका छन् । अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि निश्चित अध्यक्ष हुन्। अध्यक्ष ढकालले श्रेष्ठ नेतृत्वको इमान्दारीमाथि प्रश्न उठाए। नेतृत्व हस्तान्तरण सहज होस् र नेतृत्वमा पुग्ने व्यक्ति विवादरहित होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिए पनि त्यसको दुरुपयोग भएको उनको आशय छ।

यसले महासंघभित्रको आन्तरिक लोकतन्त्र र आगामी नेतृत्वको निष्पक्षतामाथि ठूलो संशय पैदा गरेको ढकालको कथन छ। अध्यक्ष ढकालले आफ्नो तीनवर्षे कार्यकालमा महासंघले उठाएका मुख्य पाँचवटा एजेण्डा पूर्ण रूपमा सफल भएको दाबी गरे। मुलुकमा करिब दुई–तिहाइको शक्तिशाली सरकार रहेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले यस्तो बेला निजी क्षेत्र विभाजित हुनु दुर्भाग्यपूर्ण हुने बताए । निर्वाचनको मुखमा अध्यक्षले आफ्नै उत्तराधिकारीलाई दिएको यो चेतावनीले महासंघको आगामी नेतृत्व कति चुनौतीपूर्ण र गुटबन्दीपूर्ण हुनेछ भन्ने प्रष्ट पार्छ।

1

Scroll to Top