Banijya News

महासंघ चुनावमा हेमराज ढकाल पक्षको दबदबा

1
1.1K Shares

नेपाल उद्योग वाणिज्य महासंघको आउँदो निर्वाचनमा हेमराज ढकाल समुह बलियो हुँदै गएको छ। महासंघका वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले तटस्थता राख्ने घोषणा गरे पनि हेमराज ढकालको समुहलाई खुलेर समर्थन गरेपछि यो पक्ष अझ सशक्त भएको हो। बरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल समुहबाट वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठले प्यानल नै घोषणा गरेका छन् भने एशोसिएट्सतर्फ उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, महिला उपाध्यक्षमा कमला श्रेष्ठ, जिल्ला तथा नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरेले उम्मेदवारी दिएका छन्।

उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको टीम बनाउने प्रक्रियामा फोहोरी खेल भएको आरोप लगाउँदै आफूलाई त्यसमा सहन नसकिने बताए । उनले सर्वसम्मतीको पक्षमा रहेको र अबको अध्यक्षले सर्वसम्मती कायम राख्न नसके हेमराज ढकालको पक्षलाई आफ्नो पूर्ण समर्थन रहने स्पष्ट पारे।

पूर्वअध्यक्षहरूले पनि महासंघभित्र फोहोरी खेल रोक्नुपर्नेमा जोड दिएका छन्। हेमराज ढकाल समुहले कृषि, पर्यटन, निर्यात, पुँजी बजार, खाद्यान्न, आईटी, जलविद्युत लगायतका सबै क्षेत्रलाई समेटेर बलियो टीम बनाएको छ। यसले महासंघको आगामी निर्वाचनमा यस समूहको जीत सुनिश्चित भएको बताइन्छ। सम्बन्धित सरोकारवालाहरूका अनुसार, वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालसँग एशोसिएट्सतर्फ ठूलो मत रहेको छ भने वस्तुगततर्फ पनि नरेशलाल श्रेष्ठ समुह क्लिनस्वीप गर्ने सम्भावना छ। यसरी, हेमराज ढकालको समुहले महासंघको आगामी नेतृत्वमा आफ्नो दबदबा कायम राख्ने देखिन्छ।

1

Scroll to Top