Banijya News

एमालेकी समर्थक अमिशाले दिइन् साइबर ब्युरोमा उजुरी

1
1.1K Shares

साइबर हिंसामा परेकी एमालेकी समर्थक जेनजी अमिशा पराजुलीले आफ्नो चरित्र हत्या गर्ने र धम्की दिनेहरूबिरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिइन् । उनले आफैंले अनुसन्धान गरेर चरित्र हत्या गर्नेहरुको इमेल, फोन नम्बर र लोकेसन सहित उजुरी दिएकी हुन् । ‘अपशब्द प्रयोग गरेर कमेन्ट गर्नेहरु, मेरो नाममा फेक आइडी बनाएकाहरु, रोस्टको नाममा मानहानी गर्नेहरु सबैलाई उजुरी दिएकी छु,’ अमिशाले भनिन्, ‘मैले उनीहरुको आइडीको लिंक, फोटो, प्रोफाइल सबै अनुसन्धान गरेँ। प्रहरीलाई अनुसन्धान गर्न सजिलो होस भनेर प्रमाणहरु संकलन गरेँ । अनि प्रहरीलाई कानुन अनुसार कारबाही सिफारिस गरेकी हुँ ।’

आफूमाति तर्कसंगत रुपले आफ्नो धारणा राख्नेहरुलाई केही नगरेको उनले बताइन् । १६ वटा फेक आइडी, ३५-४० जना संजाल प्रयोगकर्ता र अन्य कमेन्टधारीहरुलाई कारबाही सिफारिस गरेको बताइन् ।

1

Scroll to Top