Banijya News

एमसीसी खारेजी र प्रत्यक्ष कार्यकारीको माग गर्दै संसदमा अध्यक्ष साम्पाङको गर्जन

1
1.1K Shares

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले देशको स्वाधीनता र भूराजनीतिक सन्तुलनका लागि अमेरिकी सहयोग परियोजना –एमसीसी) तत्काल खारेज गर्नुपर्ने माग राखेका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सीमा रक्षाका लागि नेपाली सेनालाई खटाउनु पर्ने जनचाहना रहेको उल्लेख गर्दै शासकीय स्वरूप परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी चुन्ने व्यवस्थातर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।

साम्पाङले पछिल्लो समय सामाजिक सञ्जाल डिस्कर्ड मार्फत विद्यार्थीहरूलाई विद्यालय पोशाकमै आन्दोलनमा उतार्ने र सर्वोच्च अदालत तथा संसद् भवन जलाउने धम्की दिने तत्वहरूमाथि कडा कारबाहीको माग गरेका छन् । यसका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने उनको अडान छ। साथै, उनले भ्रष्टाचार नियन्त्रणका लागि आफूबाटै सुरु हुने गरी मन्त्री र सांसदहरूको सम्पत्ति शुद्धीकरण छानबिन गर्नुपर्ने प्रस्ताव समेत अघि सारे ।

शिक्षा र कृषिको क्षेत्रमा आमूल परिवर्तनको खाँचो औंल्याउँदै उनले हप्तामा तीन दिन पढाइ र चार दिन उत्पादनमा जोडिने नीति ल्याउन सुझाव दिए । ूएक पालिका, एक उद्योगू र बन्द उद्योगहरूको पुनःसञ्चालन गरी रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ छ । यसका साथै, साम्पाङले खानेपानी समस्याको समाधान, प्राकृतिक स्रोतको सहज उपयोगका लागि कानुन निर्माण, सुकुम्बासी समस्याको पहिचान र भूपू गोर्खाहरूको पेन्सनबारे ठोस नीति बनाउन सरकारको ध्यानाकर्षण गराए । उनले उपत्यकाबाहिर पनि नेपाल छ भन्ने कुरा नभुल्न सरकारलाई चेतावनी दिँदै वृद्धभत्ता जस्ता संवेदनशील विषयमा पुनर्विचार गर्न आग्रह गरे।

1

Scroll to Top