चालु आर्थिक वर्षको फागुनसम्म कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ । चालु आर्थिक वर्षको फागुनसम्म विनिमय सञ्चिति २७.५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २३ अर्ब ८ करोड पुगेको छ । फागुन मसान्तमा १८.३ प्रतिशतले वृद्धि भएको हो ।अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०८२ असारसम्म १९ अर्ब ५० करोड थियो ।
बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने उल्लेख छ । आर्थिक वर्ष २०८२/८३ को ८ महिनासम्मको आयातलाई आधार मानेर निकालिएको हो ।


