Banijya News

विज्ञान र प्रविधिको विकास बिना देश समृद्ध बन्दैन: सांसद महावीर पुन

1
1.1K Shares

स्वतन्त्र सांसद महावीर पुनले संसदमा आफू कुनै पनि राजनीतिक दलको पक्ष वा विपक्षमा नलागी निष्पक्ष भूमिकामा प्रस्तुत हुने उद्घोष गरेका छन । फागुन २१ गतेको निर्वाचनपश्चात् प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको विकासका लागि परम्परागत राजनीतिक खिचातानी भन्दा माथि उठ्नुपर्ने बताए ।

सम्बोधनका क्रममा सांसद पुनले देशको समृद्धिको आधार विज्ञान र प्रविधि मात्र भएको दाबी गरे । ‘विज्ञान र प्रविधिको विकास नगरेसम्म कुनै पनि राष्ट्र अघि बढ्न सक्दैन,’ उनले भने , ‘नेपालमा एउटा शक्तिशाली अनुसन्धान केन्द्र स्थापना गर्न अपरिहार्य छ। यस विषयलाई सरकारले गम्भीरतापूर्वक लिओस्, एउटा कानले सुनेर अर्को कानले उडाउने काम नगरियोस् ।’

पुनले विद्यमान शिक्षा नियमावलीमा व्यापक सुधारको आवश्यकता औंल्याउँदै शिक्षालाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिए । यस्तै, वर्तमान राजनीतिक परिवेशबारे टिप्पणी गर्दै उनले विभिन्न आन्दोलनको जगमा जनताले राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ लाई सदनको ठुलो दल बनाएको स्मरण गराए । अबको समय जनताको अपेक्षा पूरा गर्ने र परिणाममुखी काम गर्ने बेला भएको उनको तर्क थियो ।

विदेशमा रहेका लाखौँ नेपालीहरूलाई मतदानको अधिकार (भोटिङ राइट) सुनिश्चित गर्नुपर्ने माग राख्दै उनले प्रवासमा रहेका नेपालीको सीप र लगानीलाई राज्यले उचित सम्मान दिनुपर्ने बताए ।

1

Scroll to Top