Banijya News

नातावाद र कृपावादको भाइरसबाट शासन प्रणालीलाई जोगाऔँ : सांसद पुनको आग्रह

1
1.1K Shares

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद महावीर पुनले मुलुकमा जडा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसी र चाकरीवाद जस्ता प्रवृत्तिले नेपालको शासन प्रणालीलाई धराशयी बनाएको भन्दै चिन्ता व्यक्त गरेका छन। नेपाल एकीकरणको समयदेखि नै यस्ता विकृतिहरू मौलाउँदै आएको दाबी गर्दै उनले सरकार र राजनीतिक दलहरूलाई यी ‘भाइरस’ बाट मुक्त हुन कडा आग्रह गरे।

विशेषगरी मन्त्री वा सांसदहरूले आफ्ना आफन्तलाई पहुँचको भरमा सार्वजनिक पदमा नियुक्त गर्ने पद्धतिको अन्त्य हुनुपर्नेमा उनको जोड थियो। आगामी दिनमा कसैले पनि आफ्ना मान्छेलाई फलानो ठाउँमा नियुक्त गर्‍यो भन्ने गुनासो सुन्न नपरोस् भन्दै उनले स्वच्छ र निष्पक्ष पद्धतिको विकास गर्न माग गरे ।

यसैगरी, सांसद पुनले गुल्मी जिल्लाको विकास र सेवा–सुविधाका विषयमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन । वि.सं. २०७५ सालमै गुल्मीलाई हिमाली जिल्ला घोषणा गरिए तापनि त्यहाँका जनताले अझैसम्म सो अनुसारको आधारभूत सेवा र सुविधाहरू पाउन नसकेकोमा उनले आपत्ति जनाए । कागजमा हिमाली जिल्ला घोषणा गरेर मात्र नहुने भन्दै उनले हिमाली जिल्लाले पाउने सबै किसिमका सरकारी सुविधाहरू तत्काल स्थानीय जनतालाई उपलब्ध गराउन सरकारसँग माग गरेका छन ।

1

Scroll to Top