Banijya News

सर्वोच्चको परमादेशपछि ओली र लेखक हाजिर जमानीमा रिहा हुँदै

1
1.1K Shares

सर्वोच्च अदालतको परमादेश र सरकारी वकिलको सहमतिसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ‘खोजी भएको बेला उपस्थित हुने’ गरी हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ।

भदौ २३ र २४ गतेको ‘जेनजी’प्रदर्शनका क्रममा बानेश्वरमा प्रहरीको गोली लागेर किशोरहरूको मृत्यु भएको घटनामा गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी अनुसन्धानको सिफारिस गरेपछि उनीहरूलाई गत चैत १४ गते पक्राउ गरिएको थियो। काठमाडौँ जिल्ला अदालतबाट तीन पटकसम्म म्याद थप गरी हिरासतमा राखिएका उनीहरूका सम्बन्धमा सर्वोच्च अदालतले चैत २३ गते चौथो पटक म्याद नथप्न र हिरासतमुक्त गरेरै बाँकी अनुसन्धान पुरा गर्न आदेश दिएको थियो।

सोही आदेश र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को प्रक्रिया अनुसार, स्वास्थ्य समस्याका कारण शिक्षण अस्पतालमा रहेका ओली र सशस्त्र प्रहरीको गणमा हिरासतमा रहेका लेखकलाई अब हिरासत बाहिरै राखेर थप तहकिकात गरिने भएको छ।

1

Scroll to Top