Banijya News

उपसभामुखमा कांग्रेस र एमालेको च्याप्टर क्लोज, कुन दलले मार्ला बाजी ?

1
1.1K Shares

प्रतिनिधिसभाको उपसभामुखका निम्ति आज (चैत २६) देखि निर्वाचन प्रक्रिया सुरु भइसकेको छ । दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोलप्रसाद अर्याल सभामुख छन् । उपसभामुख अर्को दलबाट चयन गर्नुपर्ने हुन्छ । यसका निम्ति संसद्मा १८१ सिट रहेको रास्वपाले जुन दललाई समर्थन गर्छ, सोही दलको महिला सांसद उपसभामुखमा चयन हुने निश्चित छ ।

रास्वपा स्रोतका अनुसार, नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसँगको ‘च्याप्टर’ लगभग ‘क्लोज’ भएको छ । श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग समानान्तर छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । दिउँसो साढे २ बजेपछि उमेदवारहरूको नामावली प्रकाशित गर्ने तालिका छ ।

1

Scroll to Top