Banijya News

नवनियुक्त अध्यक्ष बजाजले लिए पद तथा गोपनीयताको शपथ

1
1.1K Shares

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सी.ए. नारायण बजाजले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले बजाजलाई शपथ गराएकी हुन् ।

यसअघि प्राधिकरण अध्यक्ष पौडेलले २०८२ साल चैत ३० गते हिमालयन रिइन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष उदय कुमार निरौलालाई पनि पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । शपथ ग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको उपस्थिति रहेको थियो ।

1

Scroll to Top