Banijya News

रास्वपाद्वारा मन्त्री र सांसदको लेबी निर्धारण, कसको कती ?

1
1.2K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना जनप्रतिनिधि र कर्मचारीहरूका लागि मासिक लेबीको दर निर्धारण गरेको छ। बिहीबार बसेको संसदीय दलको बैठकले मन्त्रीहरूलाई १८ हजार र सांसदहरूलाई १६ हजार ५ सय रूपैयाँ लेबी तोक्ने निर्णय गरेको हो ।

यसका साथै, मन्त्री र सांसदका स्वकीय सचिवालयमा कार्यरत कर्मचारीहरूले समेत मासिक २ हजार रूपैयाँ लेबी बुझाउनुपर्ने व्यवस्था गरिएको छ। पार्टी सञ्चालन र आर्थिक व्यवस्थापनका लागि रास्वपाले यो नयाँ लेबी दर कार्यान्वयनमा ल्याएको हो।

1

Scroll to Top