गृहमन्त्री सुधन गुरुङ राजीनामा लगत्तै बुधबार गृह मन्त्रालयबाट बिदा भएका छन् । मन्त्रालयबाट बाहिरिनुअघि उनले मन्त्रालयमा कर्मचारीहरूलाई धन्यवाद दिएका छन् ।
उनी कर्मचारीहरूसँग संक्षिप्त छलफल गर्दै बिदा भएका हुन् । विवादित व्यापारी दीपक भट्टसँग उनको कनेक्सन देखिएर विवादमा तानिएसँगै उनी राजीनामा दिन बाध्य भएका हुन् । उनी मात्र २६ दिन गृह मन्त्रालयको नेतृत्वमा रहे ।


