Banijya News

स्थानीय तह निर्वाचनका लागि रास्वपाको तयारी, उम्मेदवार छान्न कार्यदल सक्रिय

1
1.1K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन नयाँ कार्यदल गठन गरेको छ। सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा सात सदस्यीय ‘उम्मेदवार छनोट रुपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति’ निर्माण गरिएको हो।

यस समितिले उम्मेदवार छनोटमा योग्यता, समावेशिता र पारदर्शितालाई मुख्य आधार बनाउने उद्देश्य राखेको छ। समितिमा आरके ढुङ्गाना सचिव रहेका छन् भने समीक्षा बाँस्कोटा, केपी खनाल, कामिनी चौधरी, रामकृष्ण भट्टराई र रोहन कार्की सदस्यका रूपमा रहेका छन्।

तल्लो तहदेखि नै सुझाव संकलन गरेर उम्मेदवार छनोटको विधि तय गर्न रास्वपाले विस्तृत तालिका समेत सार्वजनिक गरेको छ। समितिको निर्णय अनुसार, आगामी वैशाख १४ गते वडा तहमा छलफल गरी प्राप्त सुझावहरू पालिका तहमा पठाइनेछ।

यसैगरी वैशाख १६ गते पालिका, १७ गते जिल्ला र १८ गते प्रदेश तहमा चरणबद्ध छलफल आयोजना गरिनेछ। प्रत्येक तहबाट आएका राय र सुझावहरूलाई माथिल्लो निकायमा पठाएर उम्मेदवार चयनको अन्तिम खाका तयार पारिने रास्वपाले जनाएको छ।

1

Scroll to Top