Banijya News

एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सामग्री हस्तान्तरण

1
1.0K Shares

एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व  अन्तर्गत कैलालीको गोदावरी–५ स्थित सरस्वती माध्यमिक विद्यालयलाई स्वच्छ खानेपानी व्यवस्थापनका लागि आवश्यक सामग्री सहयोग गरेको छ। बैंकले विद्यार्थीहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै फिल्टरसहितको खानेपानी ट्यांकी र पानी तान्ने पम्प विद्यालयलाई प्रदान गरेको हो। बैंकको धनगढी सर्कल हेड दिपक विष्टले एक विशेष कार्यक्रमका बीच विद्यालयका प्रधानाध्यापक योगेन्द्रराज ओझालाई उक्त सामग्रीहरू हस्तान्तरण गरे ।

यस सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शुद्ध खानेपानीको पहुँच सुनिश्चित गर्ने बैंकको विश्वास छ। स्वच्छ खानेपानीको उपलब्धताले विद्यार्थीहरूको स्वास्थ्यमा सुधार आउनुका साथै विद्यालयको समग्र शैक्षिक वातावरणलाई समेत थप प्रभावकारी र सहज बनाउन ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ। सामाजिक कार्यमा सधैं अग्रसर रहने एनआईसी एशिया बैंकले यसअघि पनि शिक्षा र स्वास्थ्यका क्षेत्रमा विभिन्न सहयोगका कार्यक्रमहरू गर्दै आएको छ।

1

Scroll to Top