कजारिया रमेश टायल्स लिमिटेडले चितवनको रत्ननगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएर बागमती प्रदेशमा आफ्नो बजार विस्तार गरेको छ। चितवन हार्डवेयर एन्ड सेनेटरीद्वारा सञ्चालित यस शोरुमले स्थानीय उपभोक्ता, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूका लागि विश्वस्तरीय वाल तथा फ्लोर टायल्सको वृहत् सङ्ग्रह उपलब्ध गराउनेछ।
यही जेठ २४ गते आइतबार आयोजित एक विशेष समारोहका बीच कन्ट्री म्यानेजर अभ्यास तिवारी र मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारीले संयुक्त रूपमा शोरुमको आधिकारिक उद्घाटन गरेका हुन । सो अवसरमा कजारिया र चितवन हार्डवेयरका प्रतिनिधिहरूले स्थानीय आगन्तुकहरूलाई स्वागत गर्दै शोरुमको अवलोकन गराएका थिए।
ग्राहकहरूलाई सहज र आकर्षक वातावरणमा सेवा दिने उद्देश्यले तयार पारिएको यस शोरुममा कजारियाका आधुनिक डिजाइन, टेक्स्चर र फिनिसिङका टायल्सहरू प्रत्यक्ष हेरेर छनोट गर्ने सुविधा रहेको छ। यस शोरुमको स्थापनाले स्थानीय बासिन्दाहरूलाई आफ्नो घर तथा विभिन्न परियोजनाका लागि उपयुक्त र उच्च गुणस्तरीय टायल्स खरिद गर्न थप सहज हुने विश्वास लिइएको छ।


