Banijya News

नेपाल एसबिआई बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

1
1.0K Shares

 

नेपाल एसबिआई बैंक लिमिटेडले आगामी असार १ गतेदेखि लागू हुने गरी निक्षेप तथा कर्जाको नयाँ ब्याजदर तालिका सार्वजनिक गरेको छ। बैंकले बजारको अवस्था र आफ्ना योजनाहरूलाई ध्यानमा राख्दै व्यक्तिगत तथा संस्थागत दुवै समूहका ग्राहकका लागि संशोधित दरहरू निर्धारण गरेको हो।

जसअन्तर्गत निक्षेपतर्फ साधारण बचत खाताहरूमा न्यूनतम २.७६ प्रतिशतदेखि अधिकतम २.८० प्रतिशतसम्म ब्याज पाइनेछ भने संस्थागत मुद्दती निक्षेपको दर २.७५ प्रतिशत कायम गरिएको छ। त्यस्तै, व्यक्तिगत मुद्दती निक्षेपकर्ताहरूले भने अवधिका आधारमा न्यूनतम २.८२९ प्रतिशतदेखि अधिकतम ४.१० प्रतिशतसम्म ब्याजदर पाउने बैंकले जनाएको छ।

ऋण लगानीतर्फ बैंकले शिक्षा, घर तथा सवारी (अटो) कर्जाका लागि अवधिका आधारमा फरक(फरक निश्चित (फिक्स्ड) ब्याजदर तोकेको छ। घर कर्जा लिने ग्राहकका लागि ५ वर्षसम्म ८.९९ प्रतिशत, ५ देखि १० वर्षसम्म ९.४९ प्रतिशत र १० वर्षभन्दा माथिको अवधिका लागि १०.४९ प्रतिशत ब्याजदर कायम गरिएको छ। व्यक्तिगत प्रयोजनको अटो तथा हायर पर्चेज कर्जातर्फ भने ५ वर्षसम्मका लागि ८.९९ प्रतिशत र ५ देखि १० वर्षसम्मका लागि ९.४९ प्रतिशत दर तोकिएको छ।

उच्च शिक्षाका लागि लिइने शिक्षा कर्जामा ५ वर्षसम्म ९.९९ प्रतिशत, ५ देखि १० वर्षसम्म १०.४९ प्रतिशत र १० वर्षभन्दा बढी अवधिका लागि १०.९९ प्रतिशत ब्याजदर लागू हुनेछ। बैंकका अनुसार वैशाख २०८३ सम्मको आधार दर (बेस रेट) ५.२५ प्रतिशत र पछिल्लो तीन महिनाको औसत आधार दर ५.३९ प्रतिशत रहेको छ, जसकै आधारमा यो नयाँ ब्याजदर असारको पहिलो गतेदेखि नै कार्यान्वयनमा आउनेछ ।

1

Scroll to Top