Banijya News

झापाका रणधीर गुप्ता बने सिजीको नयाँ वर्ष २०८३ उपहार योजनाको विजेता

1
1.0K Shares

नेपालको अग्रणी तथा विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो साना घरायसी उपकरण श्रेणी अन्तर्गत सञ्चालन गरेको ‘एक्सपेरियन्स लाइफ विथ सिजी भरोसा नेपालीको, उत्सव नयाँ वर्षको’ अभियानको विजेता घोषणा गरेको छ।

कम्पनीका अनुसार योजनाअन्तर्गत प्रदान गरिएको आकर्षक ‘सेट अफ ५ प्रोडक्ट्स’ उपहारका विजेता झापा भद्रपुर निवासी रणधीर गुप्ता बनेका छन्। उनले भद्रपुरस्थित वैष्णवी पाथीभरा भाँडा पसलबाट सिजीको खरिद गरी उपलब्ध क्यूआर कोड स्क्यान गरेर योजनामा सहभागिता जनाएका थिए ।

हालै आयोजित एक कार्यक्रममा कम्पनीका प्रतिनिधि आशुतोष ठाकुरले विजेता गुप्तालाई उक्त उपहार हस्तान्तरण गरेका थिए। उपहार ग्रहणपछि गुप्ताले आफू अत्यन्त खुसी भएको बताउँदै सिजी ब्रान्डप्रतिको आफ्नो विश्वास अझ सुदृढ भएको प्रतिक्रिया दिएका छन्।

सिजीका साना घरायसी उपकरणहरू देशभर रहेका २८ आधुनिक शोरुम ‘सिजी डिजिटल’ र ‘एलजी ब्रान्ड शप’ सहित कम्पनीका आधिकारिक बिक्री केन्द्रहरूबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ। साथै कम्पनीका आधिकारिक वेबसाइटमार्फत पनि ग्राहकले उत्पादनहरू खरिद गर्न सक्ने व्यवस्था रहेको छ।

चार दशकभन्दा बढी समयदेखि नेपाली बजारमा सक्रिय सिजी इलेक्ट्रोनिक्सले देशभर रहेका ४० सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा प्रदान गर्दै आएको जनाएको छ।

1

Scroll to Top