Banijya News

अख्तियारको ३ दिने हदम्यादमा आरजुको ‘इमेल’ जवाफ : ‘अनुसन्धानलाई सघाउँछु, तत्काल आउन सक्दिनँ’

1
1.0K Shares

राहदानी (पासपोर्ट) खरिदमा भएको भनिएको करिब ८ अर्ब रुपैयाँ बराबरको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानका लागि ३ दिने पूर्जी जारी गरेको छ । हाल विदेशमा रहेकी राणाले स्वास्थ्य अवस्थाका कारण तत्काल उपस्थित हुन नसक्ने तर अनुसन्धानमा पूर्ण सहयोग गर्ने जवाफ इमेलमार्फत पठाएकी छिन् ।

सामान्यतया मन्त्रीको संलग्नता नहुने भए तापनि ठेक्काको डिजाइन र ठेकेदार छनोटमा आरजु र उनका छोरा जयवीर देउवाको समेत भूमिका रहेको दाबी उजुरीमा गरिएको छ  । अख्तियारको प्रारम्भिक अनुसन्धान अनुसार ‘ब्लेड सर्भर’ राख्नुपर्ने शर्त विपरीत ‘र्‍याक सर्भर’ प्रस्ताव गर्ने जर्मन कम्पनी मुह्रबाउरुलाई स्वीकृत गरी प्राविधिक मूल्यांकनमा गम्भीर त्रुटि र अनियमितता गरिएको छ । यस प्रकरणमा राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित ४ जना पक्राउ परी थुनामा रहेका छन् भने ३५ जनाभन्दा बढीमाथि छानबिन भइरहेको छ ।

प्रधानमन्त्री कार्यालयले समेत चासो देखाएको यस घटनामा विदेशमा रहेका देउवा दम्पतीले भने आफूहरू नेपाल फर्कने सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गरिरहेका छन् ।

1

Scroll to Top