Banijya News

नाडा अटो शो २०२६ को स्टल बाँडफाँट कार्य सकियो

1
1.0K Shares

नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) द्वारा आयोजना गर्न लागिएको नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित अटोमोबाइल प्रदर्शनी ‘एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६’ को स्टल बाँडफाँट कार्य सफलतापूर्वक सम्पन्न भएको छ। आगामी भदौ ९ गतेदेखि १४ गतेसम्म ६ दिन चल्ने यस १८औं संस्करणको बृहत् मेलामा विभिन्न नयाँ सवारी साधन, अत्याधुनिक पार्ट पुर्जा, वित्तीय सेवा (बैंक तथा बीमा) एवं अन्य अटोमोबाइल सम्बन्धी सेवा प्रदायकहरूको उत्साहजनक सहभागिता रहने निश्चित भएको छ।

यस प्रदर्शनीका लागि गत महिना नै रजिष्ट्रेशन खुल्ला गरिएकोमा अत्यधिक आवेदन परेपछि नाडा सचिवालयमा नाडाका अध्यक्ष, वरिष्ठ पदाधिकारी तथा केन्द्रीय पदाधिकारीहरूको प्रत्यक्ष उपस्थितिमा पारदर्शी ढंगले गोला प्रथा ९लक्की ड्र० गरी स्टलहरूको बाँडफाँट गरिएको हो।

नाडाका अनुसार गोला प्रथा प्रक्रियाद्वारा १९ वटा प्यासेन्जर भेहिकल (चार पाङ्ग्रे), १० वटा दुई–पाँग्रे सवारी साधन (मोटरसाइकल तथा स्कुटर), १७ वटा लाइट कमर्शियल भेहिकल (हल्का व्यावसायिक सवारी साधन) र ७६ वटा साना स्टलहरू मार्फत ४५ वटा अटो कम्पोनेन्ट्स (स्पेयर पार्टस्, टायर र लुब्रिकेन्ट्स) सम्बन्धी कम्पनीहरूलाई स्टल एलट्मेन्ट गरिएको छ।

यस वर्षको मेलामा नेपालका प्रतिष्ठित व्यापारिक घराना तथा अग्रणी अटोमोबाइल कम्पनीहरूको सहभागिताले विशेष रौनक थप्ने भएको छ। जसमा चार पाङ्ग्रे तर्फ सिप्रदी ट्रेडिङ (टाटा), लक्ष्मी इन्टरनेशनल (हुन्डाई), सिजी मोटर्स ९बिवाइडीरनेटा०, र एमएडब्ल्यु वृद्धि (एमजी) जस्ता कम्पनीहरूले आफ्ना अत्याधुनिक र विशेष गरी विद्युतीय (इभी) मोडेलहरू प्रदर्शन गर्दैछन्। त्यसैगरी दुई पाङ्ग्रे तर्फ स्याकार कम्पनी (होन्डा), एचएच बजाज (बजाज), र जगदम्बा मोटर्स (टिभीएस) जस्ता लोकप्रिय कम्पनीहरूले ग्राहकका लागि नयाँ मोडेल र विशेष अफरहरू सार्वजनिक गर्ने तयारी गरेका छन्।

लाइट कमर्शियल भेहिकल तर्फ विभिन्न ढुवानी र व्यावसायिक सवारीका आधिकारिक वितरकहरू रहनुका साथै ग्राहकलाई सहज रूपमा कर्जा प्रवाह गर्न नेपालका ठूला वाणिज्य बैंकहरूले पनि आफ्ना वित्तीय स्टलहरू सञ्चालन गर्नेछन्, जसले गर्दा यो शो उपभोक्ता, अटो व्यवसायी र लगानीकर्ता सबैका लागि एउटा उत्कृष्ट र साझा केन्द्र बन्ने विश्वास गरिएको छ।

1

Scroll to Top