सन् २००६ देखि सूचना प्रविधि क्षेत्रमा सक्रिय डिजिटल नेटवर्क सोलुसनको व्यावसायिक कारोबारमा उल्लेख्य वृद्धि भएको छ। केही ठूला मूल्यका ठेक्काहरू सफलतापूर्वक कार्यान्वयन भएसँगै कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ७१ प्रतिशतले बढेर ९३ करोड ८० लाख रुपैयाँ पुगेको छ। यसअघि सन् २०२४ मा ५४ करोड ६० लाख र २०२३ मा ४३ करोड ५० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले चालु आर्थिक वर्षको ११ महिनामा मात्रै ८६ करोड रुपैयाँको व्यापार गरिसकेको छ। शित्तल भट्टराई अध्यक्ष रहेको यस कम्पनीले नेपालका साथै भारत र बंगलादेश जस्ता अन्तर्राष्ट्रिय बजारमा समेत सर्भर, फायरवाल, क्लाउड सोलुसन र व्यावसायिक आईटी सेवाहरू प्रदान गर्दै आएको छ।
कारोबार वृद्धिसँगै कम्पनीको नाफा र वित्तीय स्वास्थ्य झन् मजबुत बनेको छ। वस्तु तथा सेवाको लागत घटेका कारण कम्पनीको सञ्चालन मार्जिन सुधार भई १०।७३ प्रतिशत पुगेको छ भने खुद नाफा पनि सन् २०२४ को ३।४६ प्रतिशतबाट बढेर ५।१० प्रतिशत पुगेको छ। यसैगरी कम्पनीको कुल नगद सञ्चिति ३ करोड १० लाखबाट बढेर ६ करोड ८० लाख रुपैयाँ पुगेको छ। पुँजी संरचनाको हिसाबले मध्यम स्तरमा रहेको कम्पनीको समग्र गियरिङ रेसियो र ब्याज कभरेज अनुपात ९४।६९ गुणा० मा पनि अघिल्लो वर्षको तुलनामा आकर्षक सुधार देखिएको छ, जसले कम्पनीको ऋण तिर्न सक्ने क्षमता बलियो भएको देखाउँछ।
आफ्नो व्यवसाय विस्तारलाई थप आक्रामक बनाउन कम्पनीले सन् २०२७ मा २० करोड रुपैयाँ बराबरको नयाँ सर्भर जडान गर्ने योजना बनाएको छ, जसमा ८०स्२० को ऋण–इक्विटी अनुपात कायम गरिनेछ। यसैबीच, कम्पनीले बैंक कर्जा प्रयोजनका लागि कुल ६२ करोड ६९ लाख रुपैयाँको रेटिङ गराएको छ। यस अन्तर्गत दीर्घकालीन कर्जातर्फ १५ करोड ६९ लाख रुपैयाँ र अल्पकालीन कर्जातर्फ ४७ करोड रुपैयाँको रेटिङ गराउँदै कम्पनीले आगामी दिनमा वित्तीय व्यवस्थापन र सेवा विस्तारलाई सँगसँगै अगाडि बढाउने रणनीति लिएको छ।


