सामसङले आफ्ना युवा ग्राहकहरूलाई लक्षित गर्दै अत्याधुनिक एआई सुविधायुक्त नयाँ स्मार्टफोन ुग्यालेक्सी ए–२७ फाइभजीु नेपाली बजारमा भित्र्याएको छ। कृत्रिम बौद्धिकतालाई आम उपभोक्ताको पहुँचमा पुर्याउने उद्देश्यका साथ सार्वजनिक गरिएको यस फोनमा ६.७ इन्चको १२० हर्ज रिफ्रेस रेटयुक्त डिस्प्ले, शक्तिशाली स्न्यापड्रागन ६ जेन ३ प्रोसेसर, र ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ।
हल्का हरियो, हल्का गुलाबी र कालो रङमा उपलब्ध यो फोन ५००० एमएएच ब्याट्री, २५ वाट द्रुत चार्जिङ, एन्ड्रोइड १६ र उच्च सुरक्षाका लागि सामसङ नक्स भोल्ट जस्ता विशेषताले सुसज्जित छ। दैनिक कार्यलाई सहज बनाउन यस फोनमा गुगल जेमिनी र पर्प्लेक्सिटी जस्ता बौद्धिक सहयोगीका साथै आवाजलाई अक्षरमा उतार्ने विशेष एआई फिचर राखिएको छ, जुन विद्यार्थी र व्यवसायीहरूका लागि निकै उपयोगी हुनेछ।
बजार मूल्यको कुरा गर्दा ६ जिबी र्याम र १२८ जिबी स्टोरेज भेरियन्टको ५५ हजार ९९९ रुपैयाँ तथा ८ जिबी र्याम र ५१२ जिबी स्टोरेज भेरियन्टको ६९ हजार ९१९ रुपैयाँ तोकिएको छ। यो फोन खरिद गर्दा ग्राहकहरूले १२० जिबी एनसेल डेटा उपहार स्वरूप प्राप्त गर्नेछन्।
उपभोक्ताको खरिद क्षमतालाई ध्यानमा राख्दै कम्पनीले २४ महिनाको डाउन पेमेन्ट बिनाको सहज ईएमआई सुविधा ल्याएको छ, जसअन्तर्गत ग्राहकले मासिक मात्र १ हजार ५१९ रुपैयाँ किस्ता तिरेर यो फोन लिन सक्नेछन्। यसका साथै पुरानो फोन साट्न चाहने ग्राहकका लागि आकर्षक एक्सचेन्ज अफर समेत उपलब्ध छ, जसमा पुरानो फोनको उचित मूल्याङ्कन रकमका अतिरिक्त थप ८ हजार रुपैयाँ साटपट्टि बोनस प्रदान गरिनेछ।


