Banijya News

पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइ

1
1.2K Shares

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना मुद्दामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका आरोपीहरूको सुनुवाइका लागि विशेष अदालतले पेसी तोकेको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो। अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग्दै तत्कालीन प्रधानमन्त्रीको पद दुरुपयोग गरी सरकारी सम्पत्ति व्यक्तिगत तथा संस्थागत स्वार्थका लागि हस्तान्तरण गरेको आरोप लगाएको छ।

नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरेको थियो । नेपालले ठाडो आदेशमा २०६६ माघ १८ गते ठाडो आदेशमा पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न दिलाएको अभियोगपत्रमा दाबी गरिएको छ ।

३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी बिक्री र हिनामिनाको आरोपमा ९३ जनाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियारले १८ करोड ५८ लाख ५० हजार बिगोको माग दाबी गरेको छ।

1

Scroll to Top