अपी पावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश रहेको छ ।
लगत्तै कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासनबाट जुटेको रकम दिव्यज्योति हाइड्रोपावरले निर्माण गरिरहेको ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत् आयोजना निर्माणमा परिचालन गर्ने जनाएको छ ।
कम्पनीले पुस २९ गतेका लागि कार्की ब्याङ्कवेटमा साधारणसभा बोलाएको छ । पुस १८ गते बुक क्लोजको मिति तय गरेको छ ।


