सालपा विकास बैंक लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज (पुस २० गते) अन्तिम दिन रहेको छ । बैंकले पुस १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
बैंकले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेको छ । साथै, सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर पनि बाँडफाँट भइसकेको छ।
बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिएको हो । यस्तै, ८६ हजार १९४ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।
दोस्रो चरणमा बैंकले २६ हजार ११९ कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित राखी बाँकी १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको छ । प्रतिकित्ता सेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई ‘आईआरएन सिंगल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।
कको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । साथै, ‘मेरो सेयर’ प्रणाली प्रयोग गरेर पनि अनलाइन आवेदन दिन सकिनेछ ।


