Banijya News

महालक्ष्मी विकास बैंकको ५.३७ प्रतिशत नगद लाभांश वितरण

1
1.2K Shares

महालक्ष्मी विकास बैंक लिमिटेडले यस वर्षको ५ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले पुस २१ गतेदेखि सम्बन्धित शेयरधनीहरुको बैंक खातामा नगद लाभांश वितरण गरेको हो ।

यस वर्ष कम्पनीले ५ प्रतिशत बोनस शेयरसँगै उल्लेखित नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । पुस २१ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको दिनदेखिनै कम्पनीले नगद लाभांश वितरण गर्न सुरु गरेको हो । बोनस शेयर भने धितोपत्र दोस्रा बजारमा सूचीकृतपछि वितरण हुनेछ ।

हाल कम्पनीले ४ अर्ब २९ करोड ६४ लाख ५८ हजार रुपैयाँको आधारमा कुल १० दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । गत वर्ष कम्पनीले ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

1

Scroll to Top