Banijya News

तोलामा नौ सय रुपैयाँले घट्यो सुनको मुल्य

1
1.2K Shares

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा नौ सय रुपैयाँले घटेको हो । आजका लागि प्रतितोला तीन लाख एक हजार नौ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

अघिल्लो दिन तीन लाख दुई हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर चार हजार ८८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ८६० रुपैयाँ थियो ।

1

Scroll to Top