एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको छ। लघुवित्तको फागुन १० गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको १८४औं बैठकले गत आर्थिक वर्षको तर्फबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी प्रकाशन गर्नको लागि स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि गरेको छ।


