Banijya News

डाटा प्याकेज सकिएपछि अब मुख्य ब्यालेन्स नकाट्ने

1
1.1K Shares

नेपाल टेलिकमले मोबाइल डाटा प्याकेज सकिएपछि मुख्य ब्यालेन्सबाट स्वतः रकम काटिने पुरानो प्रणाली अन्त्य गर्ने भएको छ । यसको सट्टा ग्राहकले आफैँ निर्णय गर्न सक्ने विकल्प उपलब्ध गराइने टेलिकमले जनाएको छ । डाटाको ९० प्रतिशत खपत हुनासाथ ग्राहकलाई पूर्वसूचना दिइनेछ र त्यसपछि नयाँ प्याकेज लिने वा ’पे–एज–यू–गो’ मोडमा जाने निर्णय ग्राहकले आफैँ गर्न पाउनेछन् ।

कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरकाअनुसार यूएसएसडीमार्फत खरिद गर्ने डाटा प्याकमा यो सुविधा ३ देखि ५ दिनभित्र र मोबाइल एपमार्फत सेवा लिने ग्राहकका लागि ७ देखि १० दिनभित्र लागू हुनेछ । साथै नेपाल टेलिकमले ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनः प्राप्ति र सिम स्वामित्व हस्तान्तरणलगायत सबै प्रमुख सेवाहरू अनलाइन माध्यमबाटै उपलब्ध गराउने तयारी गरेको छ । यसले दुर्गम क्षेत्रका ग्राहकलाई समेत कार्यालय नधाई घरबाटै सेवा लिन सहज हुने अपेक्षा छ ।

यी सुधार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि कम्पनीले अघि बढाएको १० बुँदे सुधारात्मक कार्ययोजनाकै हिस्सा हुन् ।

पे–एज–यू–गो’ (Pay-as-you-go) भनेको सेवा जति प्रयोग गरिन्छ, त्यति मात्रै शुल्क तिर्ने प्रणाली हो। यस प्रणालीअन्तर्गत प्रयोगकर्ताले जति डेटा प्रयोग गर्छन्, त्यति मात्रै शुल्क तिर्नुपर्छ। कम्पनीका अनुसार यसले प्रयोगकर्तालाई लचिलोपन दिनुका साथै अनावश्यक खर्च कम गर्न सहयोग पुर्‍याउँछ।

1

Scroll to Top