Banijya News

आईपीओ तयारीमा रहेको एसियन होटेलको व्यापार १७ प्रतिशतले बढ्यो

1
1.1K Shares

आईपीओ तयारीमा रहेको एसियन होटेलको व्यापार गत वर्षको तुलनामा १७ प्रतिशतले बढेको छ। कम्पनीले एकै वर्षमा १० करोड ४० लाख रुपैयाँ कारोबार गरेको छ।

सन् २०२४ मा ७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको होटेलले सन् २०२३ मा ६ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०१५ मा स्थापना भएको कम्पनी सन् २०२५ को जुलाईमा पब्लिक कम्पनीको रुपमा परिणत गरेको थियो ।

कम्पनीको कारोबार गत आवमा १७ प्रतिशतले बढेको छ र ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। भैरहवामा सञ्चालन भइरहेको होटेल ४२ हजार ६ सय ३६ स्क्वायरफिट क्षेत्रफलमा फैलिएको छ र ६६ वटा कोठासहित चारतारे सुविधा प्रदान गर्छ।

कम्पनीले सन् २०२२ देखि होटेल सञ्चालनमा ल्याएको थियो । कम्पनीले सुरुमा १६ वटा कोठाको सुविधाका साथ होटेल सञ्चालनमा ल्याएको थियो । कम्पनीले गत आव देखि भने पूर्ण क्षमता अर्थात् ६६ वटा कोठाको सुविधासहित सञ्चालनमा ल्याएको थियो ।

कम्पनीका अनुसार होटेलको अकुपेन्सी सन् २०२३ मा ३७ प्रतिशत र सन् २०२४ मा ५३ प्रतिशत पुगेको छ। कम्पनीमा पारस अधिकारी र सन्तोष चौधरीको समान १४ प्रतिशत स्वामित्व छ भने अधिकारी अध्यक्ष छन्।

1

Scroll to Top