नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफामा ३६.१५ प्रतिशतले गिरावट आएको छ । चालु आवको पहिलो ६ महिनामा कम्पनीले ४० करोड९९ लाख रुपैयाँ नाफा कमाएको छ।
गत आवको यसै अवधिमा कम्पनीको नाफा ६४ करोड १९ लाख रुपैयाँ थियो । कम्पनीको खुद ब्याज आम्दानी नै घटेपछि नाफामा प्रभाव परेको हो । कम्पनीको खुद ब्याज आम्दानी २९ प्रतिशत घटेको छ । पहिले यस्तो आम्दानी १ अर्ब ४ करोड रुपैयाँ रहेकोमा अहिले ७४ करोडमा खुम्चिएको छ ।
पुस मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा ३४ करोड ७८ लाख रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८० पैसा छ । पहिले यस्तो आम्दानी ५ रुपैयाँ त्यस्तै प्रतिसेयर नेटवर्थ १ सय १४ रुपैयाँ ७५ पैसा छ । बैंकको सीडी रेसियो ६९.५८ मात्रै छ । जसले थप कर्जा लगानीका लागि बैंकसँग पर्याप्त रकम रहेको संकेत गर्दछ ।


