Banijya News

नेशनल लाइफद्वारा मधेशका सीइओ क्लब सदस्य सम्मानित

1
1.1K Shares

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जनकपुरस्थित मिथिला यात्रीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य भएका ७७ जना अभिकर्ताहरू सहित विभागीय प्रमुखहरू, प्रदेश प्रमुख एवं मधेश प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सीइओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्विप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा मधेश प्रदेशबाट सीइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सीइओ क्बलको सदस्यता वितरण तथा सम्मान गरेका थिए भने नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।

साथै सो प्रदेशबाट आफ्नो कोड र संजलमा प्रथम द्वितीय र तृतीय हुन सफल उत्कृष्ट अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । सम्मानका क्रममा, प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै सबै तहका अभिकर्ताहरूको लागि अभिकर्ता मैत्री योजना ल्याउने क्रममा वार्षिक रूपमा प्रदेश स्तरीय कार्यक्रम गर्ने गरी सिइओ क्लबको अवधारणा ल्याएको र यस अवधारणा अन्तर्गत सिइओ क्लबमा नेपालभरबाट १६०० जना भन्दा बढी अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताए ।

सो समारोहमा उपस्थित अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले व्यावसायिक दक्षता अभिवृद्धि गर्ने सम्बन्धमा विभिन्न उदाहरण मार्फत महत्त्वपूर्ण तालिम प्रदान गरेका थिए । यसै गरी सो प्रदेशबाट उत्कृष्ट हुने अभिकर्ताहरू मध्ये जनकपुर शाखाका लक्ष्मण पण्डित र लाहान शाखाका श्याम चन्द्र राईले आफ्नो व्यावसायिक अनुभव व्यक्त गरेका थिए भने सहभागी अभिकर्ताहरूले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नो क्षेत्रमा सम्मान ग्रहण गर्न पाउँदा मेहनतको कदर भएको र यस प्रकारको उत्कृष्ट तालिमको व्यवस्था गरेकोमा कम्पनी प्रति आभार व्यक्त गरेका थिए ।

1

Scroll to Top