Banijya News

सिद्धार्थ बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा ५० प्रतिशतसम्म छुट

1
1.1K Shares

सिद्धार्थ बैंकका ग्राहकले जमलस्थित ‘नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेज’मा उपचार गराउँदा विशेष छुट पाउने भएका छन्। बैंक र उक्त स्वास्थ्य संस्थाबीच ग्राहकलाई विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो।

बैंकका अनुसार ग्राहकले स्वास्थ्य संस्थाको बिल भुक्तानी गर्दा सिद्धार्थ बैंकको कार्ड (डेबिट/क्रेडिट) वा मोबाइल बैंकिङको प्रयोग गरेमा मात्र यो छुट प्राप्त गर्न सक्नेछन्। नगद कारोबारलाई कम गर्दै ग्राहकलाई डिजिटल भुक्तानी प्रणालीमा जान प्रेरित गर्ने उद्देश्यले यो सम्झौता गरिएको बैंकले जनाएको छ।

1

Scroll to Top