Banijya News

स्वास्थ्य उपचारमा आइएमई लाइफ र नेपाल क्यान्सर हस्पिटलको सहकार्य

1
1.1K Shares

 आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल क्यान्सर अस्पतालबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौताअनुसार अब कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले नेपाल क्यान्सर अस्पतालमा उपचार सेवा लिँदा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । साथै, विभिन्न स्वास्थ्य सेवा प्याकेजहरूमा विशेष सहुलियत पनि प्रदान गरिने जनाइएको छ ।

उक्त छुट सुविधा लिँदा आवश्यक सम्पर्क विवरण नेपाल क्यान्सर अस्पताल तथा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। छुट सुविधा प्राप्त गर्न बीमितहरूले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाउनुपर्नेछ भने अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेश गरी सुविधा लिन सक्नेछन् ।

1

Scroll to Top