राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार बिहान शीतल निवासमा शिष्टाचार भेट गरेका छन ।
भेटका क्रममा अध्यक्ष दाहालले टर्कीमा आयोजना हुन लागेको अन्तर व्यवस्थापिका संघको साधारणसभामा आफ्नो सहभागिताका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए । त्यस अवसरमा उनिहरुबिच मुलुकको समसामयिक राजनीतिक विषय र अन्य विविध पक्षका बारेमा समेत छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।


