Banijya News

पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया गरिँदै

1
1.1K Shares

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरी निकाल्न आज त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया गरिँदैछ। उनको पित्तथैलीमा २२ एमएमको पत्थरी देखिएपछि डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले शल्यक्रिया प्रक्रिया अगाडि बढाएको हो। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार ओलीलाई शल्यक्रियाका लागि शल्यक्रिया कक्ष (ओटी) मा लगिसकिएको छ।

लामो समयको स्वास्थ्य परीक्षण र चिकित्सकहरूको सघन छलफलपछि मात्र ओलीको शल्यक्रिया गर्ने निर्णय लिइएको हो। उनमा उच्च रक्तचाप, थाइराइड, मुटुको धड्कन बढ्ने र मिर्गौलासम्बन्धी पुराना समस्याहरू रहेका कारण शल्यक्रियामा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै चिकित्सकहरूले सावधानी अपनाएका थिए। सबै स्वास्थ्य सूचकहरू सामान्य देखिएपछि मात्र टोलीले आजको समय तय गरेको हो।

जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका ओली स्वास्थ्यमा समस्या देखिएपछि केही दिनदेखि नै त्रिवि शिक्षण अस्पतालको ‘एनेक्स–१’ स्थित ५०१ नम्बर शय्यामा भर्ना भएर उपचार गराइरहेका थिए। हाल उनी अस्पतालको विशेष निगरानीमा रहेका छन्।

1

Scroll to Top