सभामुख डोलप्रसाद (डिपी) अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ। थापाथलीमा सभामुखको अर्याल चढ्ने गाडीसहित त्यसको अघिपछि हिँडेका गाडीलाई पनि कारबाहीमा परेको हो।
ट्राफिक प्रहरी स्रोतले लेन क्रस गरी ट्राफिक नियम उल्लंघन गरेकाले कारबाही गरिएको जानकारी दिएको छ। लेन उल्लंघन गरेपछि ट्राफिक प्रहरी सिंहदरबार पुगेको थियो। सिंहदरबार पुगेर तीन वटा गाडीलाई चिट काटिएको स्रोतले जानकारी दिएको छ।


