Banijya News

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त

1
1.1K Shares

मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन । बैंक सञ्चालक समितिको ३७१ औँ बैठकले उनलाई आगामी ४ वर्षका लागि सो जिम्मेवारी सुम्पिने निर्णय गरेको हो।

नवनियुक्त सीईओ मानन्धरले आगामी २०८३ जेठ १ गतेदेखि आफ्नो कार्यभार समहाल्नेछन । हालका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलको कार्यकाल २०८३ वैशाख मसान्तमा समाप्त भएपछि उनले बैंकको नेतृत्व लिने कम्पनी सचिव डण्डपानी ढकालले जानकारी दिए ।

बैंकिङ क्षेत्रमा लामो अनुभव संगालेका मानन्धर यसअघि डिस मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । त्यसभन्दा अघि उनले झण्डै दुई दशक विभिन्न वाणिज्य बैंकहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन । उनिसँग प्रभु बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक जस्ता प्रतिष्ठित संस्थाहरूमा काम गरेको उच्च व्यवस्थापकीय अनुभव छ।

स्याङ्जाको हरिनास गाउँपालिका स्थायी घर भई हाल काठमाडौँको टोखामा बसोबास गर्दै आएका मानन्धरको आगमनले मुक्तिनाथ विकास बैंकको व्यावसायिक वृद्धिलाई थप उचाइमा पुर्‍याउने विश्वास लिइएको छ। अनुभवी नेतृत्वका रूपमा चिनिनुहुने मानन्धरले बैंकलाई डिजिटल र आधुनिक बैंकिङतर्फ अझ सबल रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।

1

Scroll to Top