Banijya News

संसद् अधिवेशन आह्वान अघि नै स्थगित

1
1.1K Shares

सरकारले संसद् अधिवेशन स्थगन गर्न पुनः राष्ट्रपति कार्यालयमा सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन स्थगन गरेका हुन्।

यसअघि पनि मन्त्रिपरिषद्कै सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका थिए। तर, ‘विशेष कारणवश’ अधिवेशन सुरु हुनुअघि नै स्थगन गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

अधिवेशन स्थगनको निर्णयपछि राजनीतिक वृत्तमा विभिन्न चर्चा सुरु भएका छन्। सरकारले तत्कालका लागि संसद् बैठक आवश्यक नभएको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको अनुमान गरिएको छ भने आगामी मितिबारे भने अहिलेसम्म स्पष्ट जानकारी दिइएको छैन।

1

Scroll to Top