Banijya News

आईपीओ ल्याउँदै स्रो रिभर्स लिमिटेड

1
1.1K Shares

स्नो रिभर्स लिमिटेडले आगामी बैशाख २९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले दोस्रो चरणको कार्यक्रम अन्तर्गत प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर बजारमा ल्याउन लागेको हो। यसअघि नै आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको कम्पनीले अब बाँकी रहेको शेयर सर्वसाधारणका लागि उपलब्ध गराउन लागेको हो।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। निष्काशन बन्द हुने मिति छिटोमा जेठ १ गते तोकिएको छ भने सो अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा ढिलोमा जेठ १२ गतेसम्म आवेदन दिन सकिनेछ। इक्रा नेपालले कम्पनीलाई ‘डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ, जसले लगानीमा मध्यम जोखिम रहेको संकेत गर्दछ। सानिमा क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस निष्काशनमा इच्छुक लगानीकर्ताले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो शेयर’ मार्फत सहजै आवेदन दिन सक्नेछन्।

1

Scroll to Top