Banijya News

सुनको मुल्यमा तिन सय रुपैँयाको गिरावट

1
1.1K Shares

 

नेपाली बजारमा आज (सोमबार) सुनको मुल्य सामान्य अंकले घटेको छ भने चाँदीको मुल्यमा वृद्धि देखिएको छ । आइतबार तोलामा एक हजार रूपैयाँ घटेको सुनको मुल्य यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ९५ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ। आइतबार प्रतितोला पाँच हजार १० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ३० रूपैयाँमा किनबेच भइरहेको छ। उक्त मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।

1

Scroll to Top