Banijya News

नेपाल टेलिकमको ९९९ रुपैयाँको प्याकेजमा फिफा विश्वकपका सबै खेल हेर्न सकिने

1
1.0K Shares

नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना एनटीटीभी  ग्राहकहरूका लागि विशेष टिभी प्याकेज र आकर्षक बोनस अफर सार्वजनिक गरेको छ। ग्राहकहरूले मात्र रु. ९९९ मा टिभी स्क्रिनको ‘हिमालय स्पोर्ट्स’ च्यानलमा गई आफ्नो मोबाइल नम्बर र ओटीपी प्रविष्ट गरेर वा नजिकैको ग्राहक सेवा केन्द्रबाट यो प्याकेज सहजै सक्रिय गर्न सक्नेछन्। प्याकेज सुचारु गरेबापतको रकम ग्राहकको प्रिपेड वा पोस्टपेड मोबाइल ब्यालेन्सबाट कट्टी हुनेछ।

यसका साथै, टेलिकमले जेठ २६ देखि साउन ३ गतेसम्म वार्षिक १०० Mbps वा सोभन्दा बढी गतिको इन्टरनेट (विथ प्रिमियम आईपीटीभी) नयाँ जडान, नवीकरण वा अपग्रेड गर्ने ग्राहकहरूका लागि यो विश्वकप प्याकेज बोनसको रूपमा निःशुल्क उपलब्ध गराउने भएको छ। यो अफर प्राप्त गर्न योग्य ग्राहकले आफ्नो मोबाइलबाट *1416# डायल गर्नुपर्नेछ। थप जानकारीका लागि टेलिकमको आधिकारिक वेबसाइट वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिएका छन ।

1

Scroll to Top