Banijya News

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

1
1.0K Shares

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज बाँडफाँड गरिएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलमा भएको बाँडफाँडअनुसार २ लाख ८७ हजार आवेदकले १०-१० कित्ता सेयर प्राप्त गरेका छन्। उच्च आवेदनका कारण अधिकांश आवेदकको हात खाली भएको छ।

कम्पनीको आईपीओमा कुल २८ लाख ६० हजार ७६६ आवेदन परेका थिए। कम्पनीले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७० हजार कित्ता सेयर निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन २५ गते आईपीओ निष्काशनको अनुमति दिएको थियो।

1

Scroll to Top