Banijya News

सानिगाढ हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट

1
1.0K Shares

सानिगाढ हाइड्रो लिमिटेडको प्राथमिक शेयर (आईपीओ) सोमबार बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न गरेको हो ।

कम्पनीले जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४६ लाख ७४ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। उक्त आईपीओमा २७ लाख ५९ हजार ४९० जनाबाट ३ करोड १ लाख ३२ हजार ५०० कित्ता शेयर माग गर्दै आवेदन परेको थियो ।

प्राप्त आवेदनमध्ये २७ लाख २७ हजार ५१५ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन विभिन्न कारणले रद्द भएका छन्। मागभन्दा झण्डै साढे ६ गुणा बढी आवेदन परेकाले गोलाप्रथा (लक्की ड्र) मार्फत शेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ। बाँडफाँटअनुसार ४ लाख ६७ हजार ४०० जना आवेदकले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने अधिकांश आवेदक शेयर प्राप्त गर्नबाट वञ्चित भएका छन् ।

आईपीओको नतिजा हेर्न चाहने लगानीकर्ताले सीडीएससी आईपीओ रिजल्ट पोर्टल मा गई ‘सानिगाढ हाइड्रो लिमिटेड’ छनोट गरेर आफ्नो १६ अङ्कको बीओआईडी नम्बर प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।

 

1

Scroll to Top